SEAN

परिचय : (Introduction)
आई लभ नेपाल (I LOVE Nepal) कोरियाली शिक्षक शिक्षिकाहरुको एक समूह हो . जसले नेपालमा रहेका फरक क्षमता (Disable)भएका बाल-बालिकाहरुको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता राखेकोछ ।
आई लभ नेपाल गैर-नाफामुलक संस्था हो जुन कोरियाको Kangnam विश्वविद्यालय संग सहकार्य गरी साचालन भएकोछ । यस आई लभ नेपालले मुख्यतः द. कोरियाका विशेष शिक्षा विद्यालयका शिक्षक-शिक्षिकाहरु र Kangnam विश्वविद्य...ालय (KU) र त्रिभुवन विश्वविद्यालय (TU) को बिच भएको अन्तर विश्वविद्यालय स्तरिय सम्झौता अनुरुप सन् २००१ देखि नेपालमा प्रत्येक वर्षको जनवरी महिनामा विशेष शिक्षा सम्बन्धी विभिन्न कार्यक्रम साचालन गर्दै्र आएकोछ ।

१- उद्देश्य : (Aim & Objective)
* नेपालमा रहेका फरक क्षमता (Disable) भएका बाल-बालिकाहरुको क्षेत्रमा विशेष शिक्षा सम्बन्धी सहयोग पुर्याउने ।
* विभिन्न विद्यालय तथा संघ संस्थाहरुमा रहेका फरक क्षमता (Disable) भएका बाल-बालिकाहरुका अभिभावक तथा परिवारका सदस्यहरुलाई सिपमूलक तालिम अभिमुखिकरण गोष्ठी तथा आय-आर्जन सम्बन्धी विभिन्न कार्यक्रम संचालन गर्ने ।
* विशेष शिक्षाको क्षेत्रमा कार्य गर्ने प्रशिक्षक सहजकर्ता प्राविधिक तथा सरोकारवलाहरुको सहभागितामा विभिन्न सेमिनार अन्तरकि्रया कार्यशाला गोष्ठी अभिमुखीकरण तालिम संचालन गरी विशेष शिक्षाको विकासमा सहयोग पुर्याउने ।
* दुई देश बिच विशेष शिक्षाको क्षँत्रमा विचार सिप ज्ञान तथा दक्षताको आदन प्रदान गर्ने ।
* विशेष शिक्षाको क्षेत्रमा कार्यरत नेपाल-कोरियाका प्राध्यापक शिक्षक शिक्षिका विद्यार्थी तथा सरोकार वालाहरु बिच साथित्व तथा भावनात्मक सम्बन्ध स्थापित गर्ने ।

२- सम्पन्न कि्रयाकलापहरु: (Program & Activities)
* सन् २००१ देखि २००७ सम्म आदर्श बाल विकस केन्द्र बनेपा र सिबिआर संस्था भक्तपुरमा SEAN (Special Education Assistant for Nepal) परीयोजना अन्र्तगत वार्षिकरुपमा लगातार विशेष शिक्षा कार्यक्रम साचालन तथा शैक्षिक सामाग्री वितरण कार्य सम्पन्न गरेकोछ र त्यस पश्चात प्रत्येक वर्ष निरीक्षण तथा भेटघाट कार्य गदै आएकोछ ।
* सन् २००७ मा पोखरा क्षेत्रमा SEAN (Special Education Assistant for Nepal) परीयोजनाको विस्तार गर्ने उद्देश्यले सर्वेक्षण कार्य भएको थियो ।
* सन् २००८ देखि पोखराको AWMR / CBRS मा विशेष शिक्षा कार्यक्रम साचालन शरु गरेको र त्यस पछि SEWA KENDRA / CBRS Pokhara मा वार्षिकरुपमा विशेष शिक्षा परियोजना संचालन गर्दै आएकोछ । साथै विशेष शिक्षाको क्षेत्रमा कार्य गर्ने प्रशिक्षक सहजकर्ता प्राविधिक तथा सरोकारवलाहरुको सहभागितामा सेमिनार अन्तरक्तिया कार्यशाला गोष्ठी अभिमुखीकरण तालिम संचालन गदै आएको छ ।