Friday, March 11, 2011

Special Education Assistant for Disabled (SEAD)

 कन्सर्न नेपालमा पुरस्कार वितरण फागुन २७, कन्सर्न नेपाल बागलुङमा शुक्रवार एक समारोह विच पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । फरक क्षमता भएका विद्यार्थी र General विद्यार्थी बिच भावनात्मक सम्बन्ध कायम गर्ने र उनिहरु भित्र लुकेको प्रतिभालाई प्रस्तुत गर्ने उद्देश्यले बागलु्रङ नगरपालिका भित्र रहेका विद्यालयका एक्काईस जना विद्यार्थीहरुको सहभागितामा चित्रकला प्रतियोगिता र Face Painting  कार्यक्रम सम्पन्न भएको छ ।
कन्सर्न नेपालको आयोजना र सुस्त मनःस्थिति बाल कल्याण प्रावि उपल्लाचौर धवलागिरी बहिरा प्रावि रामरेखा र होलीचाइल्ड् आवासिय माविका विद्यार्थीहरलाई तीन समूहमा विभाजित गरीएको थियो जसमध्ये अन्नपूर्ण समूह प्रथम सगरमाथा समूह द्धितीय र धौलागिरी समूहका विद्यार्थी तृतिय भएका थिए । उक्त कार्यक्रममा सुस्त मनःस्थिति बाल कल्याण प्रावि की शिक्षिका भगवती केसी शर्मा सोही विद्यालयकी स्वयं सेविका कोरियाली नागरिक पाक हानुल र धवलागिरि बहिरा प्राविका शिक्षक बसन्त राजभण्डारीले आफ्नो धारणा राख्नु भएको थियो । कन्सर्न नेपालका अध्यक्ष केवि शाहीले सहभागि विद्यार्थिहरुलाई पुरस्कार र शिक्षक शिक्षिकाहरुलाई मायाको चिनो उपहार स्वरुप प्रदान गर्नु भएको थियो भने कार्यक्रमको साचालन शारदा शाहीले गर्नु भएको थियो ।

No comments:

Post a Comment