Wednesday, July 27, 2011

काठमाण्डौंमा विशेष शिक्षा सम्बन्धी तालिम सम्पन्न ..

काठमाण्डौंमा  विशेष शिक्षा सम्बन्धी तालिम सम्पन्न ..

काठमाण्डौं-
विशेष शिक्षाको क्षेत्रमा कार्य गर्ने प्रशिक्षक सहजकर्ता प्राविधिक तथा सरोकारवलाहरुको सहभागितामा  विभिन्न सेमिनार अन्तरक्तिया कार्यशाला गोष्ठी अभिमुखीकरण तालिम संचालन गरी विशेष शिक्षाको विकासमा आई पर्ने समस्याहरुको पहिचान गरी समाधानका उपायहरुको खोजी गर्न प्रोत्साहान तथा सहयोग  पुर् याउने उद्देश्यले विशेष शिक्षा सम्बन्धी तालिम काठमाडौंमा सम्पन्न भएको छ । 
कोइका जाइका ए डब्लु एम आर काठमाण्डौ र कन्सर्न नेपाल बागलुङको आयोजना साथै कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी कोइकाको सहयोगमा वागमती अाचलका भक्तपुर ललितपुर र काठमाण्डौंका २७ जनाको सहभागितामा फरक क्षमता अपाङ्गता भएका बालबालिकाहरुको क्षेत्रमा प्रत्यक्ष्य संलग्नभै कार्य गर्ने शिक्षक-शिक्षिका प्रशिक्षक सहजकर्ता प्राविधिक तथा सरोकारवलाहरुको सहभागितामा (2011 Teacher's Training Program On Special Education ) विशेष शिक्षा सम्बन्धी तालिमको  सहजिकरण कोइका र जाइका का भोलेन्टीयरले  गर्नु भएको थियो । कार्यक्रममा कोइकाका प्रतिनिधि बेक उन हो जापान अन्तराष्ट्रिय सहयोग नियोग नेपाल अफिसका युचि वादा र कन्सर्न नेपालका अध्यक्ष के.वि.शाहीले मन्तब्य राख्नु भएको थियो साथै सहभागिहरुलाई अध्यक्ष एवं प्रमुख अतिथि सुस्त मनस्थिति कल्याण संघका अध्यक्ष सचिता नन्द श्रीवास्तवले प्रमाण पत्र वितरण गर्नु भएको थियो । तीन दिन सम्म साचालन भएको तालिमको बारेमा जाइकाका भोलेन्टीयर काजु हिरो नाइटो (उत्तम सरले) जानकारी गराउनु भएको थियो र कार्यक्रमको स्वागत तथा साचालन  एडब्लु एम आरका पि्र_िन्सपल रविन्द्र के।सी।ले गर्नु भएको थियो । धवलागिरी अाचलको बागलुङमा यस अघिनै सम्पन्न गरी सकेको र अब अर्घाखाची र मोरङमा गर्ने तैयारी भएको सस्र टिमका SERS (Special Education Related Service) सदस्य के.वि. शाहीले जानकारी गराएका छन् ।

No comments:

Post a Comment