Tuesday, December 27, 2011

साधारण सभा सम्पन्न


अध्यक्ष के.वि. शाही
 कन्सर्न नेपालको प्रारम्भिक साधारण सभा सम्पन्न
बागलुङ १० पुस
ूप्रत्येक सबैको लागि र सबै प्रत्येकको लागिू भन्ने विश्व सहकारी नारालाई मनन् गर्दै कन्सर्न नेपालसिएन बागलुङले सबै सदस्यहरुलाई आफुले आर्जन गरेको आयबाट नियमितरुपले बचत गर्ने बानी बसाल्न उत्प्रेरित गरी संकलन भएको बचत रकमबाट आवश्यक भएका सदस्यहरुलाई सीपमूलक आय आर्जन कार्यक्रम लगायत आर्थिक संकट टार्न उचित व्याजदरमा ऋण लगानी गरी सदस्यहरुको आर्थिक सामाजिक अवस्थामा सुधार गर्ने उद्देश्यले स्थापित कन्सर्न नेपाल बचत तथा ऋण सहकारी संस्था लि।sाे प्रारम्भिक साधारण सभा आईतवार सम्पन्न भएकोछ ।
यस संस्थामा संलग्न सदस्यहरुको शेयर रकमबाट प्राप्त लाभांसको सहयोगबाट अनाथ गरिब जेहेन्दार असहाय द्वन्दपिडित दृष्टीविहिन लगायत अन्य सम्पूर्ण फरक क्षमता अपाङ्ग बाल-बालिकाहरुको शैक्षिक आर्थिक तथा स्व्ाास्थ्यमा आवश्यक सहयोग प्रदान गर्ने विभिन्न कार्यक्रम संचालन गर्ने यस संस्थाको मुख्य उद्देश्य रहको र त्यसैगरी डिपार्टमेन्ट स्टोस्र पर्यटन व्यवसाय कृषि यातायात अटोमोबाइल्स् आदिमा लगानी गर्ने र त्यस मार्फत् बचतकर्ता एवं अन्य व्यक्तिहरुलाई न्यून व्याजदरमा सरल तरिकाले कर्जा लगानी गरी उनीहरुको आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्य रहेको संस्थाले जनाएकोछ । प्रारम्भिक साधारण सभाले के.वि. शाहीको अध्यक्षतामा नौ सदस्सीय संचालक समिति चयन गरेकोछ । संस्थाका अध्यक्ष के.वि. शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत एवं संचालन हरिकला थापाले गर्नु भएको थियो ।
 

No comments:

Post a Comment