Monday, October 8, 2012

Portage


पोर्टेज कार्यक्रम नेपालको परिचय :



        जन्मे देखि ६ वर्ष उमेर सम्मका बालबालिकाहरु, जो बढ्दो उमेरको अनुपातमा विकासमा ढिलाई भएका तथा शारीरिक, मानसिक र ज्ञानेन्द्रिय समस्या (अपाङ्ग) भएकाहरुको लागि ढिलाई भएका क्षेत्र(हरु) छिटो भन्दा छिटो पहिचान 
गरि त्यसमा सुधार ल्याउन (Early Intervention) र सके सम्म अरु थप समस्याहरु नआउन भन्ना खातिर बच्चामा केन्द्रित भई मूलतः अभिभावकलाई नै महत्वपूर्ण मानिएर संचालन गरिने एउटा सेवा मूलक कार्यक्रम, पोर्टेज कार्यक्रम हो । 

        यो कार्यक्रम संयुक्त राज्य अमेरिकाको Wisconsin राज्यको पोर्टेज नाम गरिएको ठाउँबाट लामो समयको अध्ययन, प्रयोग, परीक्षण र बैज्ञानिक अनुसन्धान पश्चात सन् १९६९÷१९७० देखि शुरुवाट भएको थियो । नेपालको सन्दर्भमा वि.सं. २०५८ बैशाख १ गते देखि मात्र पहिलो पटक काभ्रेपलाञ्चोक जिल्लाको बनेपा न.पा.को वडा नं. ३ र ११ र टुकुचा नाला गा.वि.स.को वडा नं. ७, ८ र ९ मा यो कार्यक्रम औपचारिक तर परीक्षणको रुपमा शुरु भएको थियो । हाल कन्सर्न नेपाल बागलुङमा पनि यो कार्यक्रम शुरु गरिएकोछ ।

No comments:

Post a Comment