Wednesday, December 5, 2012

कन्सर्न नेपाल सहकारीमा स्वागत

कन्सर्न नेपाल सहकारीमा स्वागत
बागलुङ, १९ मंसिर 
कन्सर्न नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङमा दधिकोट–१६, भक्तपुरबाट अवलोकन भ्रमणमा आएको गाम्चा वचत तथा ऋण सहकारी संस्था लिमिटेडको टोलिलाई एक कार्यक्रम बीच स्वागत गरेकोछ ।
सहकारी–सहकारी बीच भावनात्मक सम्बन्ध कायम गर्दै आपसी समन्वयको आधारमा संचालकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले गाम्चा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विकास खड्काको 
नेतृत्वमा १३ जनाको संचालक समिति तथा सल्लाहकार टोली अवलोकन भ्रमणमा पोखरा, मुक्तिनाथ हु“दै बागलुङमा आई पुगी कन्सर्न नेपाल बचत तथा ऋण सहकारी संस्थाको अवलोकन गरेका थिए । उक्त कार्यक्रमा संस्थाका अध्यक्ष के. वी. शाहीले सबैलाई फुलको गुच्छाद्वारा स्वागत तथा संस्थाको संक्षिप्त परिचय एवं गतिविधि बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै गाम्चा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विकास खड्काले दुबै संस्थाको उद्देश्य उटै व्यापारिक मात्र नभै समाज सेवा रहेको र प्रति सदस्य एक एक सय शेयर रकमबाट संचालन गरेको जानकारी गराउनु भयो । सल्लाहकार रत्न काजी मानन्धरले अवलोकन गर्ने अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष के.वि. शाहीको अध्यक्षता रं संचालन सहसचिव हरिकला थापाले गर्नु भएको थियो ।

No comments:

Post a Comment